अनुशासन समितिको काारबाहीमा कांग्रेस फिदिम नगर सभापति

शनिबार, १३ असोज २०८०
पाँचथर । कांग्रेसले फिदिम नगरपालिका सभापति प्रकाश गुरुङलाई कारबाही गरेको छ । कांग्रेस अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा गुरुङलाई तीन वर्षसम्मका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको उल्लेख छ । गुरुङले जिल्ला सहसचिव सन्तोष श्रेष्ठसँग २०७४ सालको स्थानीय तह निर्वाचनपूर्व गरेको टेलिफोन संवाद गत असार १३ गते बाहिरिएपछि कांग्रेसको जिल्ला कार्यसमिति बैठकले दुवै जनालाई स्पष्टीकरण मागेको थियो । अडियो संवादमा फिदिम नगरपालिकामा मेयर पदको टिकट लिन २ पार्टी सभापति शेरबहादुर देउवापत्नी आरजु राणासँग २ करोड लेनदेन भएको आशय प्रकट गरिएको थियो । स्थानीय तह निर्वाचनमा गुरुङ स्वयम् मेयरका आकांक्षी रहेकाले टिकट नपाएपछि पूर्वाग्रही भएर बदनियतपूर्वक अडियो/भिडियो रेकर्ड गरेर बेसिजनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कांग्रेस नेताहरुको तर्क छ । पार्टी नेतृत्वको बदनाम हुने गरी सार्वजनिक गरिएको अडियो प्रकरणमा गुरुङले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पुनः जिल्ला कार्यसमितिले केन्द्रीय अनुशासन आयोगमा गरेको सिफारिसबमोजिम उनलाई कारबाही गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार