एमाले प्रदेश अधिवेशनः अध्यक्षका लागि आज निर्वाचन, उपाध्यक्ष निर्विरोध

आइतबार, १४ असोज २०८०
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षसहित पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन कमिटीका अनुसार बिहान ११ बजदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । अध्यक्ष पदमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध चयन भएका छन् । चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध उपाध्यक्ष बन्ने भएका हुन् । यसअघि पनि उनी प्रदेश कमिटी उपाध्यक्ष थिए । अब अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुने भएको हो । एक सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै दुई उपसचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीबीच उपसचिवमा प्रतिस्पर्धा हुने भएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय १५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछन् । प्रदेश कमिटी सदस्यमा इलाम जिल्लाबाट १५ जना सदस्य सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार