एमाले कोशी प्रदेश नेतृत्व छान्न मतदान हुँदै

आइतबार, १४ असोज २०८०
विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व छनोटका लागि मतदान सुरु हुन लागेको छ । मतदानका लागि ३५ स्थानबाट मत हाल्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत चुडामणि आचार्यले बताए । उनका अनुसार १ जनाले १५ मिनेटमा मत हालिसक्नेछन् । ५ जना पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माणका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको छ । प्रदेश अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा यसअघि नै टिकाराम चेम्जोङ निर्विरोध भइसकेका छन् । सचिवमा भने पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा हुन लागेको छ । यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुने भएको छ । भूगोलतर्फ इलाम, पाँचथर, खोटाङ, ताप्लेजुङ र सोलुखुम्बुमा भने सबै पदमा सर्वसम्मत भएका छन् । झापा, मोरङ, सुनसरी, संखुवासभा, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ जिल्लाका लागि भने चुनाव हुन लागेको हो । कुल ११६ पदका लागि २५४ जना भिड्दैछन् । त्यसैगरी समावेशीतर्फ एक अपांग कोटामा २, दुई मुस्लिम कोटामा ६, दुई आदिवासी खुल्लामा ४ र दुई जनजाती खुल्ला सदस्यमा ९ जना प्रतिस्पर्धामा छन् । समावेशीतर्फ अल्पसंख्यक र आदिवासी महिलातर्फ सर्वसम्मत चयन भइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार