इटहरी । संघीय कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसालले सुनसरीको तरहरामा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाको अनुगमन गरेका छ्न।
पछिल्लो भारतीय दुग्धजन्य पदार्थ जथाभावी रुपमा नेपाल भित्रन थालेपछि यहाका कृषि सहकारीले उत्पादन गरेका दुग्धजन्य पदार्थहरु बिक्री नभएर गोदाममै थन्किएका छ्न् ।
कृषि मन्त्री भुसालले अनुगमनका क्रममा कृषिका समस्यालाई सम्बोधन गर्न आफुहरु लागि परेको बताए ।
संस्थाका तर्फबाट अध्यक्ष यादव ढकाल, व्यवस्थापक मनोज कार्कीले मन्त्री भुसाललाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया