राप्रपा प्रदेश सरकारमा सहभागी हुन सक्ने

सोमबार, १५ असोज २०८०
  इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा शिक्षा विभाग प्रमुख डा. राजेश गिरिले आफ्नो पार्टी प्रदेश सरकारमा सामेल हुन सक्ने बताएका छन् । नवीन राप्रपाको अवधारणा तथा भूगोल केन्द्रित कार्यक्रमलाई सम्वोधन गर्दै उनले कोशी प्रदेशमा मध्यावधिक चुनाव हुने अवस्था आएमा आफ्नो पार्टी सरकारमा सामेल हुने बताएका हन् । प्रदेशमा तीनवटा ठूला दल भएकाले पनि उनीहरुको निर्णय के हुन्छ भन्नेमा आफुहरुले हेरिरहेको उनको भनाई छ । दुई दल बीचको सरकार फेरबदल भइरहेको अवस्थामा पनि आफ्नो पार्टीले केन्द्रदेखि नै एमालेसँग गठबन्धन तोडिएको भन्दै सरकार दिगो रुपमा सञ्चालनका लागि आफुहरु जुनसुकै दलसँग सहकार्य गर्न सक्ने उनको भनाई छ । ‘यो वा त्यो पार्टीसँग तालमेल गरेर जाने भन्ने पछि नै सल्लाह होला तर हामी पुन मध्यावधि चुनाव नहोस् भन्नेमा लागेका छौँ’ उनले भने । मध्यावधि चुनाव गर्दा देशले ठूलो आर्थिक भार ब्यहोर्नुपर्ने भएकाले पनि देशलाई आर्थिक भारबाट बचाउन भए पनि सरकारमा सामेल हुने उनको भनाई छ । सरकार बनाउने र सरकार ढाल्ने बिषयमा आफुहरुले नसोचेको भन्दै उनले देश कमजोर बन्न नदिने बताए । हाल देश आर्थिक रुपमा एकदमै कमजोर स्थितीमा रहेकाले पनि पुन चुनाव गराउँदा देशले अझ ठुलो आर्थिक भार ब्यहोर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार