एमाले कोशी प्रदेश निर्वाचन: मतगणना सुरू

सोमबार, १५ असोज २०८०
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्वका लागि भएको मतदानको गणना सुरू गरिएको छ । दिउँसो १ बजेदेखि मतगणना हुने भनिए पनि ५ घण्टापछि गणना थालिएको हो । निर्वाचन कमिटीका प्रमुख चुडामणि आचार्यका अनुसार कुल मतदाता ९९७ मध्ये ९७७ जनाले मतदान गरेका छन् । मतदानमा २० जना अनुपस्थित थिए । मतगणनाका लागि अध्यक्ष उम्मेद्वारले १०/१० जना प्रतिनिधि राख्न पाउनेछन् । शुक्रबारदेखि विराटनगरमा जारी एमाले कोशीको प्रथम अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ । उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कमिटीले यसको औपचारिक घोषणाा गर्न बाँकी छ । ७३ जना निर्विरोध भएपछि १४२ पदका लागि ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा, उपसचिवमा खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार