गृह सचिव र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी बिच भएको कार्य सम्पादन सम्झौताको मुल्यांकनको अन्तिम परिणाम सार्वजनिक हुँदा इलाम चौथो भएको हो । यस अघि जिल्ला प्रशासन कार्यालय ३८ औँ स्थानमा थियो ।
सेवा प्रवाह र सुशासनको क्षेत्रमा गरेको अनुकरणीय सूधारको नतिजा भएकाले प्रमुख जिल्ला अधिकारी पोख्रेलले जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी तथा जिल्लावासीमा धन्यवाद ब्यक्त गरेका छन् ।
कार्य सम्पादनकै आधारमा जिल्ला प्रशासन कार्यालय गुल्मी प्रथम भएको छ । क्रमश रुकुम पश्चिम र रुपन्देही दोस्रो र तेस्रो भएका छन् ।
प्रतिक्रिया