इटहरी सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटन

शनिबार, २० असोज २०८०
इटहरी / सुनसरीको इटहरीमा आजबाट सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटन सुरु भएको छ ।
स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्ने उद्देश्य सहित सुरु गरिएको महोत्सवको उद्घाटन उद्योग बाणिज्य महासङघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भिम पौडेलले गरेका छ्न ।
इटहरी २ आपगछिमा सुरु भएको महोत्सवको उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका इटहरी उपमहानगर समितिका कार्यवाहक अध्यक्ष बालकृष्ण बिष्ट,नेकपा मावोबादी केन्द्रका इटहरी नगर उपाध्यक्ष ज्ञान किराती,आदिवासी जनजाती महासङघ इटहरी अध्यक्ष चिरहाङ राई,उद्योग बाणिज्य संघ इटहरीकि सबिना कोइराला, संस्थाका सचीव करण सिवा लगायतले सुभकामना मन्तव्य राखेका थिए ।
यसैबिच कार्यक्रममा जेष्ठ नागरिकहरु मोहन पराजुली,जिवनाथ काफ्ले,बद्री अधिकारी,बोधराज बजगाई,गायत्रादेवी बजगाईलाई सम्मान गरिएको कार्यक्रम सम्योजक राजु बस्नेतले बताए ।
कार्यक्रमना सास्कृतिक झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो ।
विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गरेको महोत्सवमा प्रमोद खरेल, सबिन राई,राजेश पायल राई, शिव परियार, मेलिना राई, प्रिति आले, मिलन नेवार,ज्योति मगर,गङगा बिष्ट,रचना रिमाल, एलिना चौहान, कमल खत्री,जिवव,अनु चौधरी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने तय भएको आयोजक विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीका अध्यक्ष विशुधन राईले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार