आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका बिच सम्झौता

सोमबार, २२ असोज २०८०
काठमाडौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबिच नगरवासीको बालिनाली,पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका छन । उक्त सम्झौता पश्चातनीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन । त्यसैगरी  नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली,पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा समेत इन्स्योरेन्सले गरिदिने सम्झौतामा उल्लेख छ । सोही अवसरमा प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरवासी कृषकहरुले पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषक हानी नोक्सानी बेहोर्नु नपर्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार