कोसीका नवनियुक्त मुख्यमन्त्रीले शपथ लिँदै, सानो आकारको मन्त्रीमण्डल बिस्तारको तयारी

आइतबार, २८ असोज २०८०
विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज शपथ लिँदै छन् । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउने छन् । शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रीमण्डल विस्तारको तयारी समेत गरेका छन् । यसका लागि मुख्यमन्त्री कार्कीले एमालेसँग छलफल गरेपछि टुङ्गोमा पुर्याउने बताइएको छ । नेपाली कांग्रेसका सांसद कार्की आफ्ना ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा गठबन्धन नटुट्ने भनेर सहमति गरिरहँदा मुख्यमन्त्री कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएको उल्लेख गर्दै आफूलाई समर्थन गर्ने सांसदहरूलाई प्राथमिकता राखेर स्थिरताका लागि सरकार गठन गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार