बुधबार विश्वासको मत लिदै मुख्यमन्त्रि कार्की

सोमबार, २९ असोज २०८०
बिराटनगर / कोशी प्रदेश सभाको बैठक बुधबारलाई बोलाइयो विराटनगर कोशी प्रदेशसभाको बैठक आगामी बुधबार (कात्तिक १गते)का लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले सोमबार सूचना प्रकाशित गर्दै बुधबार दिनको ११ बजेका लागि चौथो अधिवेशनको तेस्रो बैठक बोलाइएको जनाएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि असोज २० गते अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । एमालेका ३९ र कांग्रेसका ८ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् । उनले प्रदेशसभाको आगामी बैठकबाटै विश्वासको मत लिने तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार