विराटनगर/मोरङको रतुवामाई नगरपालिका–८ इटहरामा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
इटहरा बजारमा को २६ प ४२७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रतुवामाई–९ का अन्दाजी ३२ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको हो । आफैं अनियन्त्रित भएर राति ११ बजेतिर मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटना गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले राति ११ः४५ बजेतिर श्रेष्ठलाई मृत घोषित गरेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ ।
प्रतिक्रिया