मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

बुधबार, ०१ कार्तिक २०८०
बिराटनगर /कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत हासिल गरेका छन् । विराटनगरस्थित प्रदेश सभामा बुधबार सम्पन्न बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको पक्षमा ८६ मत हासिल गरेकाछन् । ९१ जना प्रदेश सभाको उपस्थितीमा भएको मतदानमा उनको विपक्षमा ५ जना रहेका थिए । यससंगै कार्की प्रदेशको दोस्रो संस्करणको सरकारमा पाचौं मुख्यमन्त्री भएकाछन्। मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम ४७ जना प्रदेश सभासदस्यको साथमा असोज २६ मुख्यमन्त्रीको दाबी गरेका थिए । ८ जना काँग्रेस प्रदेश सभासदस्य र ३९ जना नेकपा एमालेको समर्थनमा दाबी गरेका कार्कीलाई २७ गते प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसैगरि, प्रदेश प्रमुख खापुङले कार्कीलाई असोज २८ गते घटस्थापनाको दिनमा मुख्यमन्त्रीको सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार