झापा । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले सबै जाति, भाषी र संस्कृतिको सम्मान गर्ने कांग्रेसको नीति रहेको हुँदा एक आपसमा मिलेर सबै पर्वहरु मनाउन अपिल गरेका छन् ।
नेपाल विद्यार्थी संघ झापाद्वारा आयोजित बडा दशै टीका, आर्शिवाद र दक्षिणा बिषयक शुभकामना कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा आज जिल्ला पार्टी कार्यलयमा सम्बोधन गर्दै थेवेले बहुभाषिक, बहु सांस्कृतिक मुलुक भएको हुँदा सबै मिलेर सबैको संस्कारमा रमाउन सक्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले आफ्नो संस्कृति मनाउदा अर्काको संस्कृतिको कसैले पनि बिरोध गर्नु नहुने भनाई राखेका छन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापा २ न क्षेत्रीय सभापती खगेन्द्र मैनाली, नेबिसंघ केन्द्रीय सदस्य नारायण नेपाल लगायतले शुभकामना मन्तब्य राखेका हुन् ।
सो अवसरमा काङ्ग्रेस सभापती थेवेले सबै सभागीलाई दहिमा मुछेको रातो अक्षता लगाई दिनु भएको थियो भने सचिव हुमागाईले दक्षिणा, खगेन्द्र मैनाली र भोजराज सिटौलाले फुल अक्षता प्रदान गरेका थिए ।
नेबिसंघ झापा सभापति संजय निरौलाको सभापतित्वमा भएको सो कार्यक्रममा विशाल सिटौलाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन गोकुल पौडेलले गरेका थिए ।
प्रतिक्रिया