
३ वटा टोल विकास संस्थाबाट सुरु गरिएको रात्रिकालिन नागरिक सुरक्षा गस्तीलाई अहिले विस्तार गरिएको छ । वडा सदस्य विजय राईका अनुसार सामुदायिक टोल विकास संस्था तल्लो देउराली, समानता टोल विकास संस्था फोक्लेन टापु, नमुना टोल विकास संस्था तल्लो देउराली, खैरेनी टोल विकास संस्था खैरेनी, त्रिवेणी टोल विकास संस्था देउराली चोक, पञ्चमुखी टोल विकास संस्था बगरकोट वारी र चेतना टोल विकास संस्था झोरापाटाले रात्रिकालिन गस्ति गरिरहेका छन् ।
गस्ति सुरु गरेपछि आपराधिक घटना तथा चोरीका घटनामा उल्लेखनिय रुपमा कमि भएको इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताए । उनका अनुसार समुदाय स्तरमा टोली गठन गरी नियमित रात्रिकालिन गस्ति सुरु गरेपछि त्यसले राम्रो प्रतिफल प्राप्त गरेको छ । अव्यवस्थित बसोबास रहेको क्षेत्र भएकोले विगतमा चोरी तथा अन्य घटना धेरै हुने गरेको थियो । तर यस पटक भने त्यस्ता घटनामा कमि आएको डिएसपी मल्ले जानकारी दिएका छन् । उनले भने –‘अहिले धरानको ५ नं. वडामा नियमित रुपमा रात्रिकालिन गस्तिका कारण घटनाहरु कमि भएको छ भने ११ नं. वडा र १६ नं. वडामा पनि रात्रिकालिन गस्ति सुरु भएको छ ।
प्रतिक्रिया