इटहरी /जग्गा बिक्रि गरि पैसा नभएको चेक काटेर दिने सुनसरी इटहरीका एक जना बैन्किङ कसुरमा पक्राउ परेका छ्न । इटहरी ६ घर भएका ५३ वार्षिय गङगा चरण शाहलाई चेक बाउन्सको अभियोगमा प्रहरी बृत गौसालाले पक्राउ गरि इटहरी प्रहरीलाई बुझाएको छ ।
जग्गाको कारोवार गर्दै आएका शाहले जग्गा पास गरेर पीडितलाई पैसा नभएको खाली चेक दिएका थिए ।
३ करोड ५० लाखको चेक बाउन्स सहित अदालतले बैन्किङ कसुर अपराधमा पक्राउ पुर्जी जारी गरेपछी शाहलाई गौसाला प्रहरी मार्फत पक्राउ गरेको ईलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक कैलास चौधरीले बताए ।
बैन्किङ कसुर अन्तर्गत पक्राउ परेका शाहलाई ३ महिना कैद र बिगो बमोजिम जरिवाना गर्ने प्राबधान कानुनमा रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया