आज बिजया दशमीको टीका लगाएर दशैं मनाइयो

मंगलबार, ०७ कार्तिक २०८०
काठमाडौं । आज विजया दशमी, मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइएको छ । घटस्थापनाका दिन दशैंघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइएको हो ।विभिन्न समुदायले दशैंलाई आफ्नै शैलीमा मान्ने गर्छन् । खस-आर्य समुदायले रातो टीका लगाएर दशैं मनाउँछन् भने प्राय: आदिवासी जनजाति समुदायले सेतो टीका लगाएर दशैं मनाउँछन् । कतिपयले भने दशैं मनाउँदैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार