पाँचथर : फिदिममा आयोजित सुम्हात्लुङ मिनि म्याराथनको उपाधी पुरुषतर्फ ताप्लेजुङ मैयाखोलाका अमिर तेङवुङ र महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा) ले जितेका छन ।
म्याराथनमा अमिरले निर्धारित साढे नौ किलोमिटर दुरी २२ र महिला तर्फ निर्धारित साढे ५ किलोमिटर दुरी पुष्पाले १९ मिनेटमा पुरा गर्दै प्रथम स्थान सुरक्षित गरेका हुन ।
पुरुष तर्फको प्रतियोगितामा २९ मिनेटमा दौड पुरा गर्दै पाँचथर मिक्लाजुङका ओसन राई दोस्रो र ताप्लेजुङ फक्ताङलुङका रमेश लिम्बूले ३० मिनेटमा दुरी पार गरेर तेस्रो स्थान सुरक्षित गरे ।
यस्तै महिला तर्फको दौडमा पाँचथरकै फाल्गुनन्द गाउँपालिकाकी कृतिका नेम्वाङले २० मिनेटमा निर्धारित दुरी पार गरेर दोस्रो हु“दा २० मिनेट ३० सेकेन्डमा दुरी पार गर्दै पाँचथरकै फिदिमकी मेन्छोमा तुम्वापो, तेस्रो भइन ।
प्रतियोगितामा पुरुष तर्फ ४० र महिला तर्फ १६ जना सहभागि थिए । पुरुष तर्फ पहिलो,दोस्रो र तेस्रो भएका प्रतियोगिले क्रमशः३०,२० र १० हजार,तथा महिला तर्फ पहिलो,दोस्रो र तेस्रो भएका धावकले क्रमशः १५,१० र ५ हजार पुरस्कार सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरे ।
फिदिम नगरपालिका–४ स्थित ऐतिहासिकस्थल सुम्हात्लुङ गढीदेखि शुरु गरिएका म्याराथन,क्याम्पस मोड–जोरसाल,पल्लोटार बसपार्क,शनिबारे,जिल्ला प्रहरी कार्यालय र वेलफेयर डॉडा हु‘दै गडी मन्दिरमै पुगेर टुंग्याइएको थियो ।
किरात समुदायको महान पर्व उधौलीको अवसर पारेर फिदिममा लाग्ने चासोक मेलाको अवसरमा मिनि म्याराथन आयोजना गरिँदै आएको छ । यो वर्ष आठौँ संस्करणको म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।
धावक र विजेतहरुलाई प्रमूख अतिथिको आसनबाट फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण न्यौपाने सहित अतिथि र आयोजकले पुरस्कार,ट्रफि र प्रमाणपत्र प्रदान गरे ।
प्रतिक्रिया