आज पनि दशैँको टीका तथा जमरा लगाइदै

बुधबार, ०८ कार्तिक २०८०
काठमाडौं । दशैँको टीका तथा जमरा आज बुधबार पनि लगाइँदै छ । हिजो (मंगलबार) मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । टाढाटाढा जानु पर्ने र माइत,ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । यद्यपि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ । नौ दिनसम्म दशैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार