२२ वर्षीया आरतीको २२ महिना अघिमात्र मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग विवाह भएको थियो ।
विवाहमा मागेको २५ लाख रुपैयाँ दाईजो लिएको साह परिवारले पछि दाईजो कम भएको भन्दै आरतीको हत्या गरेको उनको माइती परिवारको दाबी छ । तर मृतक आरतीका परिवारले उनले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।
मृतकका श्रीमान् मोतीबाबु साह, सासु रेणुदेवी साह, ससुरा मदनमोहन साह र देवर रवि साहले आरतीको हत्या गरेको माइती पक्षको जिकिर छ ।
दिदीको हत्याराहरु खुलमखुल्ला हिँडिरहेको र प्रहरी प्रशासनले समेत आफूहरुलाई असहयोग गरेको मनिषाको गुनासो छ ।
‘सरकारले न्यायको प्रक्रिया मात्रै सुरु गरिदिएपनि तिहार अघि नै घर फर्किन पाइन्थ्यो’ मनिषाले भनिन् ।
आफूहरु गरीब भएकैले न्यायका लागि कसैले सहयोग नगरेको साह परिवारको गुनासो छ । राजनीतिक दलका नेतादेखि अधिकारकर्मीसम्म आएर न्यायका लागि पहल गर्ने आश्वासन दिएपनि अहिलेसम्म ठोस प्रगति नहुँदा उनीहरु निरास छन् ।
चाँडै सरकारले आफूहरुको पीडा बुझ्ने र न्याय पाउने आशा भने उनीहरुले मारेका छैनन् ।
आरतीको आत्महत्या नभई हत्या भएको ठहर गर्दै उनीहरुले हत्यारालाई कडा भन्दा कडा कारबाही र आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।
प्रतिक्रिया