मेची–महाकाली यात्राका क्रममा रहेका यात्रीहरुलाई तरहरा साईक्लिङ क्लबद्वारा सम्मान

आइतबार, १२ कार्तिक २०८०
इटहरी । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले काँकडभिट्टाबाट सुरु गरेको मेची–महाकाली यात्राका क्रममा रहेका यात्रीहरुलाई तरहरा साईक्लिङ क्लबले सम्मान गरेको छ । हिजो काँकडभिट्टाबाट हिडेको टोली शनिबार राति इटहरी आइपुगेको थियो । आज बिहानै तरहरा साईक्लिङ क्लबका अध्यक्ष शिब रुम्दाली लगायत पदाधिकारीहरुले यात्रीहरुलाई रुद्राक्षको माला र अबिर लगाएर सम्मान गर्दै बिदाइ गरेका थिए। यात्रीहरुलाई इटहरीमा रहेको भाटभटेनी सुपरस्टोर सम्म तरहरा साइक्लिङ क्लबका सदस्यहरुले साथ दिएका थिए । टोलीमा मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायी गरि १३ जनाको सहभागिता रहेको छ । टोलिले दश दिनपछि महाकाली पुगेर यात्राको समापन गर्ने कार्यक्रम रहेको पत्रकार भानुभक्त आचार्यले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार