दुहबी बजारको ८ कठ्ठा १५ धुरको प्लट पनि भत्कियो

आइतबार, १२ कार्तिक २०८०
दुहबी/सुनसरीको दुहबी नगरपालिकाको स्वामित्वमा रहेको कित्ता नम्बर ४३३ मा रहेको ८ कठ्ठा १५ धुर जग्गा खाली गराइएको छ । दुहबी नगरपालिकाले सो जग्गामा बनेका घर टहरा र भौतिक संरचना खाली गराउन १५ दिने सूचना जारी गरेपछि अधिकांस घरहरु स्थानीयले आफै भत्काउन सुरु गरेका थिए । दुहबी नगरपालिकाले बाँकी रहेको घर संरचना आज डोजर लगाएर भत्काएको हो । सपिङ कम्प्लेक्स लगायतको भौतिक संरचना निर्माणकार्य गर्नका लागी दुहबी नगरपालिकाले दुहबी बजारको अन्तिम प्लट पनि आज डोजर लगाएर खाली गराएको हो । यस अघि गत बैशाख र असारमा २ वटा प्लट खाली गराइएको थियो । दुहबी बजारमा ६ लेन सडकको लागि अझै करीब साढे ४ सय मिटर जग्गा बाधक हुँदा ६ लेन सडक निर्माणकार्य अनिश्चित रहेकाले सरोकारवालाहरुको समन्वय हुन जरुरी रहेको जानकारहरु बताउँछन् । ७० बर्ष अगाडी तत्कालीन दुहबी ९ नम्बर वडाको दुहबी बजारमा आगलागि भएपछि तत्कालीन दुहबी वडा नम्बर ६ र ७ मा बजार व्यवस्थित गरेपछि ७० बर्ष देखि आफुहरु व्यवसाय गर्दै वसोवास गरेको जग्गामा दुहबी नगरपालिकाले थोरै समय दिएर डोजर लगाएको स्थानीयले गुनासो गरे। चाडपर्वको वेला व्यवसायी लगायतहरुको गुनासो नसुनि कानुनत ३५ दिने सूचना जारी गर्नुपर्नेमा १५ दिनको मात्र समय दिएर घर भत्काएको स्थानियले गुनशो गरेका छन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार