मोरङको बेलबारीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

सोमबार, १३ कार्तिक २०८०
विराटनगर/ मोरङको बेलबारीमा माटोको ढिस्कोले पुरिएर आइतबार साँझ महिलाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर बेलबारी नगरपालिका–१० की अन्दाजी २८ वर्षीय सुनीता राजवंशीको मृत्यु भएको हो । प्रहरीका अनुसार बेलबारी–८ स्थित भलुवाईमा बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर सुनीतालाई पुरेको थियो । ढिस्कोले पुरेपछि सँगै माटो खन्न गएकी स्थानीय गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । गम्भीर घाइते अवस्थामा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ सुनीतालाई साँझ ५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार