कवाडीमा सामान बेच्ने युवक मृत फेला

सोमबार, १३ कार्तिक २०८०
विराटनगर /फालिएका पुराना बोतल तथा कवाडीका सामान संकलन गरि बेच्दै आएका एक युवक विराटनगरमा मृत अवस्थामा भेटिएकाछन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार विहान विराटनगर–९ स्थित चुलाचुली मार्गको सडकपेटीमा करिब ४० वर्षीय राजु घिमिरे मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार धनकुटा घर भएका घिमिरे केही वर्षयता विराटनगरका विभिन्न स्थानमा फ्याकिएका प्लाष्टिकका बोतल भेला परि बेचेर जिविका चलाउँदै आएका थिए । प्रायः मादक पदार्थ सेवन गरि हिड्ने गरेका घिमिरे थनीय रवि साहको घर अगाडी पेटीमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् । उनको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका अनुसार घटनास्थल सुरक्षित राखेर हाल अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार