कृषिका उत्पादनशील क्षेत्रमा प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कार्की

मंगलबार, १४ कार्तिक २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले किसानका समस्या समाधानका लागि प्रदेश सरकार लागि पर्ने बताएका छन् । नेपाल किसान महासङ्घ कोशी प्रदेश समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले कृषि क्षेत्रलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउने बताए । कृषि क्षेत्रलाई व्यापक र उत्पादनशील बनाउनका लागि महासङ्घले आवश्यक गृहकार्य गरी योजनाका साथकाम गर्नुपर्ने बताए । कृषि क्षेत्रमाआधुनिकीकरण जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले उत्पादनशील क्षेत्रमाप्रदेश सरकारले काम गर्ने समेत बताए । महासङ्घले वर्गीकृत किसान परिचयपत्रको व्यवस्था गरी वर्गीकरणको आधारमा किसानहरूलाई सेवा सुविधा प्रदान गनुपर्ने देखी अनुदान वास्तविक किसानको हातमा पुर्याउनुपर्ने लगायत विभिन्न २१ बुँदे माग राखेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार