पथरीशनिश्चरेमा पैनीमा डुबेर महिलाको मृत्यु

विहीबार, १६ कार्तिक २०८०
विराटनगर मोरङको पथरीशनिश्चरेमा पैनीमा डुबेर बुधबार साँझ एक जना महिलाको मृत्यु भएको छ । पैनीमा डुबेर पथरीशनिश्चरे नगरपालिका–१ सुन्दर बस्तीकी ५२ वर्षीया गंगा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिक रहेको पैनीमा डुबेर घाइते भएको अवस्थामा साँझ ६ बजेतिर उनलाई आफ्नै छोराले फेला पारेका थिए । तत्काल उद्धार गरेर उपचारका लागि पथरी अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । शवलाई पोस्टमार्टमाका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार