उदयपुर
उदयपुरबाट ठूलो परिणामको लागूऔषध खैरो हेरोइन ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । प्रहरीका अनुसार सुनसरीको इनरुवा नगरपालिका–६ का ४५ वर्षीय सलिम मियाँ र भारतको बिहारका ४८ वर्षीय प्रमोद गुप्तालाई पक्राउ गरिएको हो । दुवै जनालाई चौदण्डीगढी नगरपालिका–९ भीमाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शंका लागेपछि को २८ प ४९६८ नम्बरको मोटरसाइकलमा सवार रहेका मियाँ र गुप्तालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा खैरो हेरोइन बरामद भएको हो । उनीहरुको साथबाट ८१ ग्राम ५ सय ५० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया