कोशीमा मन्त्रिपरिषद् विस्तार, माओवादीका उप्रेती र समाजवादीका जगेबु मन्त्री नियुक्त

शुक्रबार, १७ कार्तिक २०८०
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्रीमा  नियुक्त गर्द मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले  उप्रेती र जगेबुलाई मन्त्री बनाएका हुन् । एमालेले आफू र कांग्रेसका संसदलाई मात्रै मन्त्री बनाउनु पर्ने माग गर्दे कांग्रेस बाहेकका अन्य दललाई सरकार सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार