भूकम्प प्रभावितका लागि नेपालगञ्जका अस्पतालहरु तयारी अवस्थामा

शनिबार, १८ कार्तिक २०८०
काठमाडौं । जिल्ला प्रशासन बाँकेले जाजरकोटमा भएको भूकम्प प्रभावित मानिसहरुको उपचारका लागि स्थानीय अस्पतालहरु र रक्तदातालाई तयारी अवस्थामा रहने प्रवन्ध गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले भूकम्पका गंभीर घाईतेको उपचारका लागि बाँके प्रशासनबाट बिहान ३.२१ बजेबाटै तयारी थालिएको जानकारी दिएका छन् । भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि मुख्य केन्द्र अस्पताल तोकिएको भने ब्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको छ । उनको सम्पर्क नम्बर ९८५११४३६६६ मा सम्पर्क गर्न भनिएको छ । कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ भने नीजि अस्पतालहरुलाई पनि तयारी रहन भनिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन्। त्यसैगरी भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ भने कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको जनाईएको छ । अस्पतालहरुमा पर्याप्तमात्रामा डाक्टर, नर्शिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाईएको जनाईएको छ । साथै हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा बिमानस्थल र सेनाकोे हेलिप्याडमा २÷२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । त्यसैगरी ब्लडको मौज्दात रहेको छ भने अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था समेत मिलाईएको जनाईएको छ । भूकम्पमा गम्भीर घाइते भएका जाजरकोट भेरी नगरपालिका वार्ड नं. ३ खलंगाका ४८ वर्षिय विमलकुमार कार्कीलाई राती नै उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको छ । उनी त्यहाँ आउने भूकम्प प्रभावित पहिलो विरामी हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार