जाजरकोट भूकम्प अपडेट ः १३३ को मृत्यु, १४० घाइते, उद्दार जारी

शनिबार, १८ कार्तिक २०८०
हेटौँडा । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ । अहिले विहान ११ बजेसम्म जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । उनले घाईतेको उद्दार भईरहेको बताए । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको छ । त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार