भूकम्पपीडितलाई काेशी सरकारले एक कराेड दिने

शनिबार, १८ कार्तिक २०८०
विराटनगर भूकम्पपीडितका लागि कोशी प्रदेश सरकारले एक कराेड रुपैयाँ उपलब्ध गराउने भएकाे । पीडितकाे राहत तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले सहयाेग गर्ने भएकाे हाे । विराटनगरमा शनिबार बसेकाे मन्त्रिपरिषद् बैठकबाट पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय भएकाे बिनाविभागीय मन्त्री गणेश उप्रेतीले जानकारी दिए ।उनका अनुसार नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय भएकाे छ। भूकम्पपीडितका लागि ट्रकमार्फत ब्लाङ्केट, त्रिपाल र म्याट्रेस पठाइने उप्रेतीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार