किसानको २० प्रतिशत लागत साझेदारीमा वडाले उन्नत जातिको आलुको बिउ वितरण गरेको वडा अध्यक्ष नुतनदेव दुलालको भनाई छ । उनले आर्थिक विकास अन्तर्गत किसानलाई जनक देव जातको आलु वितरण गरिएको बताए ।
कृषि परिषद अनुसन्धान केन्द्र जैबारीमा उत्पादन भएको जनदेव आलुको बीउ बिवतरण गरिएको वडा सचिव रामचन्द्र नेपालको भानई छ ।
यो वडाले व्यवसायिक फार्मलाई २० किलो र व्यक्तिलाई १० किलोग्राम दरले बीउ वितरण गरेको छ।
वडा कार्यालयका अनुसार परिषबाट प्राप्त बीउ वडाका साढे ५ सय परिवार र ३० वडा फारमलाई बीउ बितरण गरिने छ । स्थानिय हावापानीमा उत्कृष्ट मानिने सो आलुको बीउबाट राम्रो प्रतिफल पाउन सकिने बताइएको छ ।
आलु बिशेष गरेर हिँउदे र बर्खे गरि दुई सिजनमा उत्पादन गर्न सकिन्छ ।
पहिले सो वडाले उन्नत जातका गाई, बाख्रा, तथा सुँगुरका पाठा किसानलाई वितरण गरेको थियो ।
कार्यक्रममा वडा नम्वर एकका अध्यक्ष गायत्रीराम बस्नेत, वडा सदस्य पारमणी काफ्ले, नेपाली कांग्रेस वडा ग्राहक बिष्णु दुलाल, एमाले वडा अध्यक्ष धनपति दुलाल, इनपा कृषि शाखा प्रमुख युनिका सुवेद, ज्ञान केन्द्रका राम यादव लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम इलाम नगरपालिका चर नम्वर वडाका अध्यक्ष दुलालको अध्यक्ष तथा इलाम नगरपालिका प्रमुख थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया