प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

मंगलबार, १९ पुस २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बेलुका प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा ओली र प्रचण्डबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा सरकारको न्युनतम साझा कार्यक्रमबारे पनि छलफल भएको बताइएको छ । न्युनतम् साझा कार्यक्रमका लागि सत्ता साझेदार दलहरुले आ–आफ्नो सुझाव दिइसकेका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार