तिहारमा पोखरा घुमघामः नयाँ गाउँ रिसोर्टमा छुटसहित प्याकेज

सोमबार, २० कार्तिक २०८०
काठमाडौं । कास्कीको सराङकोटमा रहेको नयाँ गाउँ रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाड पर्वको उपलक्ष्यमा आकर्षक छुट प्याकेजको घोषणा गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले तिहारका लागि आकर्षक छुट प्याकेज ल्याएको सञ्चालक मिना धितालले बताइन् । उनका अनुसार यसअघि रिसोर्टमा एक दिन बास बस्दा पाँच हजार शुल्क लाग्ने गरेकामा पर्वलक्षित छुट प्याकेजमा २५ सय भए आरामले एक दिन बिताउन सकिने छ । जङ्गलको बीचमा रहेको रिसोर्टमा प्राकृतिक मनोरम दृश्यहरुसँगै रमाउन सकिने छ । यहाँ बाघको गुफा समेत अवलोकन गर्न पाइने छ । करिब दुई सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा विभिन्न खेलको मजा समेत लिन सकिने जनाइएको छ । रिसोर्टभित्रै चिल्ड्रेन पार्क, एरोप्लेजन स्वीइङ, सिङगल स्वीइङ, स्काइ केभ वाक जस्ता खेलहरूबाट मनोरञ्जन लिन पाइन्छ । फोटो खिच्नका लागि रेन्बो पुलको समेत निर्माण गरिएको छ । रिसोर्टले एड्भेन्चर खेलहरूमा पनि विशेष छुट दिएको जनाएको छ । चिल्ड्रेन पार्क घुम्नका लागि २ सयको प्रवेश शुल्क लाग्थ्यो भने अब एक सय भए पुग्छ । त्यस्तै, एरोप्लेन स्वीइङ र सिङगल स्वीइङको शुल्क पाँच सय रहेकामा अब दुई सय भए पुग्ने छ । स्काइ केभ वाक खेल खेल्न दुई सय लाग्थ्यो भने अब एक सय भए पुग्ने साथै रेन्बो पुलका लागि पनि एक सय भए पुग्ने रिसोर्टले जनाएको छ । रिसोर्टमा पर्यटकहरुले मनमोहक प्राकृतिक दृश्यसँग साक्षात्कार गर्दै त्यहीँ उत्पादन गरिएको अर्गानिक खाने कुराहरूको स्वाद लिन पाउने छन् । आउने पर्यटकहरूलाई अर्गानिक स्वाद दिने उद्देश्यसहित एग्रो टुरिजमको अवधारणाअनुसार सञ्चालनमा आएको रिसोर्टभित्र कालीज, लोकल कुखुरा, मौरी पालन, तरकारी उत्पादन, पशुपालन समेत गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार