सामुदायिक वन व्यवस्थित गदै रोङ

मंगलबार, २१ कार्तिक २०८०
इलाम, कात्तिक : इलामको रोङ गाउँपालिकाले सामुदायिक वन ब्यवस्थित गर्न काम थालेको छ । गाउँपालिका भित्र रहेका सामुदायिक वनहरुलाइ ब्यवस्थित गर्न कार्ययोजना बनाइएको छ । गाउँपालिकाले पालिका भित्र रहेका २९ वटा सामुदायिक वन उपभोक्ता समिति र गाउँपालिकाका प्रतिनिधि सहित सहमती भएर साझा कार्यक्रम ल्याएको हो । आफ्नो क्षेत्र भित्र रहेका सामुदायिक बन उपभोक्ता समितिको आम्दामी पूर्वाधार क्षेत्रमा लगानी गर्न नपाइने, सामुदायिक वनहरुले श्रोत अभाव र ऋणमा निमार्ण गरि थप दायित्व सृजना नगर्ने, सामुदायिक वनको लेखा प्रणाली एकरुपताको लागि सफ्टबेयर मार्फत काम गर्ने सहमती भएको छ । निस्किृय रहेका सामुदायिक वनहरुलाइृ सक्रिय बनाउन गाउँपालिका र सक्रिय वन उपभोक्ता समितिहरु लाग्ने, सामुदायिक वनवाट आर्जित आम्दानी वनजंगल पिडित किसानहरुलार्इ लक्षित समुह केन्द्रित भएर कार्यान्वयन गर्ने योजना अघि सारिएको छ । २९वटा सामुदायिक वन मध्ये १८ वटा सक्रिय रुपमा रहेका छन् भने ११ वटा निस्कृय रुपमा रहेको बताइएको छ । मसला, खयर, गोब्रेसल्ला, खमारी सिसौ साल जस्ता मुल्यवान बृक्षहरु र पहिचान भएका २७ प्रजातीका जडिबुटीहरु समेत रोङका वनहरुमा पाइने गरेको बताइएको छ । यो कार्यक्रले सामुदायिक वन तथा गाउँपालिकालाई समेत सहज हुने भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार