जाजरकोट भूकम्प: ५३ हजार घरपरिवार प्रभावित, आधाले पनि पाएनन् राहत पाँच दिनमा २३ हजारलाई मात्र राहत वितरण

बुधबार, २२ कार्तिक २०८०
काठमाडौं। जाजरकोट भूकम्पका कारण ५२ हजार घरपरिवार प्रभावित बनेका छन्। तर, आधाले पनि राहत पाएका छैनन्। कर्णाली प्रदेश सरकारका अनुसार शुक्रवार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ५३ हजार घरपरिवार प्रभावित बनेका हुन्। राहत वितरणको काम सुरु भएको छ। हालसम्म जाजरकोटमा प्रभावित २७ हजारमध्ये १५ हजार घरपरिवारलाई राहत वितरण गरिएको छ। रुकुम पश्चिममा २६ हजारमध्ये ८ हजारलाई राहत वितरण गरिएको छ। बाँकी प्रभावितसमक्ष पनि चाँडै नै राहत पुर्‍याइने बताइएको छ। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पका कारण हालसम्म १६ हजार ५ सय ७० घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् भने ९ हजार ९ सय ६१ घर आंशिक रूपले क्षति भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार