भूकम्प पीडितका लागि धनकुटामा राहत संकलन

बुधबार, २२ कार्तिक २०८०
धनकुटा । जाजरकोट र रुकुमका भूकम्प पीडितहरुको सहयोगका लागि धनकुटामा राहत संकलन सुरु गरिएको छ । उद्योग बाणिज्य संघको अगुवाइमा होटल एसोसिएसन र वितरक संघ धनकुटाले राहत संकलन अभियान चलाएका हुन् । धनकुटा बजार, हिले, सिंधुवा, जोरपाटी, पाख्रिबास, भेडेटार लगायत स्थानमा राहत संकलन अभियान चलाइएको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले बताए । संकलित रकम जिल्ला प्रशासन कार्यालय मार्फत बुधबार प्रधानमन्त्री विपद् उद्धार कोषमा पठाइने उद्योग बाणिज्य संघ धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार