सुविधा ग्यास उद्योगमै भेटियो तौल कम

बुधबार, २२ कार्तिक २०८०
इटहरी / सुविधा ग्यासमा फेरि पनि तौल कम भेटिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको अनुगमनका क्रममा उद्योगमै सिलबन्द अवस्थामा रहेको ग्यास सिलिण्डरको तौल कम भेटिएको हो । यसअघि बजारक्षेत्रमा बिक्रीका लागि राखिएका सुविधा ग्यासका सिलिण्डरमा तौल कम रहेको फेला पर्दै आएकोमा यस पटक भने बजार पठाउन तयारी अवस्थामा राखिएका सिलिण्डरको तौल उद्योगमै कम पाइएको हो । जनगुनासो बढेसँगै अनुगमनमा निस्केको सुनसरी प्रशासनको टोलीले दुहबी ८ सोनापुरमा रहेको मारुती ग्यास उद्योग प्रालिमा छड्के जाँच गर्दा सुविधा ग्यास सिलिण्डको औसत तौल कमी पाइएको हो । नमुनाका रुपमा ९८ वटा ग्यास सिलिण्डर जोखेको अनुगमन टोलीले खुद तौलभन्दा औसत तौल कम रहेको फेला पारेको हो । गुणस्तर तथा नापतौल कार्यालयको टोलीसहित अनुगमनमा पुगेको प्रशासनको टोलीले सिलबन्द रहेका सिलिण्डर दोहोर्याएर तौलेको थियो । सो क्रममा औसत तौल खुद तौलभन्दा २४ ग्राम कम पाइएको थियो । अनुगमन टोलीले ग्यास उद्योगका प्रबन्धक रामकुमार श्रेष्ठसहितको उपस्थितिमा सिलिण्डर नापजाँच गरेको थियो । नापतौलका क्रममा पाइएको औसत तौल कमीलाई अनुगमन टोलीले कानूनी रूपमा उद्योगको लापरबाही र गम्भीर कमीकमजोरी भएको ठहर गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार