आगलागीमा जलेर वृद्धाको मृत्यु

शुक्रबार, २४ कार्तिक २०८०
झापा । झापाको अर्जुनधारा नगरपालिका–१० मा आगोले जलेर एकजना बृद्धाको मृत्यु भएको छ । उनका श्रीमान जलेर घाइते भएका छन् । बिहीबार राति स्थानीय ७३ बर्षीय शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली पुगेर स्थानीयको समेत सहयोगमा आगो निभाइएको थियो । आगलागीमा परी घाइते भएका शिवकुमारको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार