दुर्घटनामा झापाका युवककाे मृत्यु

शनिबार, २५ कार्तिक २०८०
विराटनगर । माेरङकाे विराटचाेक-केराबारी सडकखण्डअन्तर्गत सुन्दरहरैंचा नगरपालिका- १० मा शनिबार दिउँसो माेटरसाइकल दुर्घटना हुँदा झापाका युवककाे मृत्युु भएको छ । दिउँसो ३:३० बजेतिर प्रदेश १-०१-०१६ प ३४५६ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा झापाकाे दमक नगरपालिका- ५ का अन्दाजी २६ वर्षीय राजीव साहकाे मृत्यु भएकाे हाे । दुर्घटनामा परेर गम्भीर घाइते भएका साहकाे उपचारका क्रममा विराटनगरकाे आर्या न्यूराे अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएकाे हाे । माेटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाकाे अनसन्धान सुरु गरिएकाे छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार