सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको माधव नेपाललाई आग्रह

बुधबार, २० पुस २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधान्मन्त्री दाहाल र नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । भेटका क्रममा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । यस्तै वाम एकतालगायतका विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेको छैन । तर, विश्वासको मत दिन आग्रह गर्दै प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । प्रचण्डले संसदमा आगामी पुस २७ गते विश्वासको मत लिने तय भएको छ । यसैबीच आजै आयोजित एक कार्यक्रममा नेपालले आफूले प्रचण्डको मुख हेरेर मात्रै नहुने भन्दै सरकारलाई समर्थन गर्ने नगर्नेबारे २६ गते नै निर्णय लिइने बताएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार