धरानमा फूल किनबेच गर्नेको घुँइचो

आइतबार, २६ कार्तिक २०८०
निशा राई धरान–धरान बजारका सडक किनारा, चौक र पसलमा सयपत्री र मखमली फूल किनबेच बढेको छ । उज्यालोको पर्व तिहारका लागि फूल किनबेच गर्नेको घुँइचो बढेको हो । आइतबार लक्ष्मिपूजाका लागि आवश्यक मखमली र सयपत्री फूलका थुँगा र माला बिक्रिका लागि सजाएर राखिएको छ । आयातित फूल बिक्रिलाई निरुत्साहित गरिएकोले स्थानीय किसानले उत्पादन गरेको फूल बजारमा पुगेको छ । तर मूल्य भने बिगत बर्षको भन्दा कम छ । यसले उत्पादक किसान केहि समस्यामा परेका छन् । बिगतमा भारतबाट आयात गरिएको सयपत्री फूल प्रतिमुठा एकसय रुपैयाँसम्ममा किनबेच भएको थियो । अहिले प्रतिमुठा अधिकतम ३० रुपैयाँ मात्रै रहेको पञ्चमाया राइले बताइन् । फूलको मूल्य घटेकाले उत्पादक किसान र ब्यपारी सोचेजस्तो नाफा गर्न नसकिएको बताउँछन् । यसले किसान र ब्यपारी दुवै समस्यामा परेको कृषि उपज बजार ब्यबस्थापक लक्ष्मण भट्टराईको गुनासो छ । ब्यपारीहरुले धरान वरपरका पाँचकन्या, पानमारा, बिष्णुपादुका लगायत छिमेकी जिल्ला धनकुटा, तेह्रथुम र संखुवासभाबाट पनि बिक्रिका लागि फूल ल्याएका छन् । धरान उपमहानगरपालिकाले पनि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न पहल गरेको प्रमुख हर्कराज राईले बताए । उपभोक्ताले पनि बिदेशबाट आउने फूललाई भन्दा स्थानीय उत्पादनलाई रोज्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार