एकल महिलाको नेतृत्वमा बालगृह

मंगलबार, २८ कार्तिक २०८०
टीका खतिवडा इलाम ः एकल महिलाको नेतृत्वमा इलाममा बाल संरक्षण गृह संचालन भइरहेको छ । २०६६ सालमा स्थापना भएको बालगृहमा अहिले १३ जना बालबालिकाले संरक्षण पाइरहेका छन् । संस्था संचालन ब्यबस्थापन भने प्राय एकल महिलाले सम्हालेका छन् । इलाम नगरपालिका ९ मा संचालित राहसल बालगृहको अध्यक्ष र सचिव एकल हुन । उनिहरु दुवैले पारिवारिक र सामाजिक उत्तरदायीत्व सँगसगै निभाइरहेका छन् । संस्था स्थापनाको डेढ दशक बिते पनि यसको आफ्नै नियमित आम्दानीको स्रोत छैन । आश्रित बालबालिकाको भरण पोषणमा दाताकै भर छ । पछिल्लो समय जन्मोत्सव र स्मृती दिवस जस्ता अबसरमा दाताहरुले सहयोग गर्न थालेका छन् । यसरी त्यहाँ पुग्नेहरुले खाद्यान्न र नगद सहयोग गर्दैआएका छन् । इलाम ५ कि लीला सुवेदीले आफ्ना पतिको जन्मोत्सवमा संस्थालाई पाँचहजार रुपैयाँ नगद सहयोग गरेको संस्थाले जनाएको छ । यसरी संकलिन सानोतिनो सहयोगबाटै आश्रित बालबालिकाको भरणपोषण भइहेको संचालक समितिकि अध्यक्ष माया भट्टराईले बताइन् । इलाम नगरपालिकाले बाल संरक्षणगृहको प्रवेशद्वार र घेराबाराका लागि केहि सहयोग गरेको छ । आबास क्षेत्रको सुरक्षाका लागि भौतिक पूर्वाधार र थप ब्यबस्थापनमा सघाउँन इलाम नगरपालिकालाई अनुरोध गरिएको सचिव गीता कोइरालाले बताइन् । संस्थाको आफ्नै दुइवटा भवन छन् । तर, आवश्यक मर्मतसंम्भार नहुँदा भवन जीर्ण बन्दै गएका छन् । स्थानीय राजेन्द्र चौहानको पलहमा स्थापना भएको बाल संरक्षण गृहको नाममा आठ रोपनी जग्गा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार