उर्लाबारी आगलागीका १४ घाइतेलाई सेनाको जहाजबाट काठमाडौँ पठाइयो

मंगलबार, २८ कार्तिक २०८०
उर्लाबारीमा भएको आगलागीका घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । कोसी प्रदेश सरकारको समन्वयमा आगलागीका १४ जना घाइतेलाई थप उपचार गर्न काठमाडौं पठाइएको हो । उर्लाबारी ७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर २८ जना घाइते भएका थिए । स्थानीय दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो । लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८ जना घाइते भएका थिए । शरीर जलेर गम्भीर घाइते भइ विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई नेपाली सेनाको स्काई ट्रकबाट थप उपचार गर्न काठमाडौं पठाइएको हो । उनीहरूलाई बर्न अस्पतालमा भर्ना गरिने कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए । यी हुन् काठमाडौँ पठाइएका घाइतेहरू : १)रिद्दीकिरण राई २)कुमार तामाङ ३) सलिम मन्सुरी ४) दिलकुमार आचार्य ५) चुणामणि प्रधान ६) दिनेश शर्मा ७) शिवकुमार विक ८) दिपेन्द्र कार्की ९) रामेश्वर मरिचको १०) विशाल बस्नेत ११) कौशल गुरुङ १२) नेत्र भण्डारी १३) तारामणि लिम्बू १४) राजन लिम्बू

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार