मोरङको पथरीमा रुखबाट लडेर महिलाको मृत्यु

शुक्रबार, ०१ मंसिर २०८०
विराटनगर-मोरङको पथरीमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । पिठारीको रुखबाट लडेर पथरीशनिश्चरे नगरपालिका–५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार कल्पना घर पछाडि रहेको पिठारीको रुखमा घाँस काट्न चढेकी थिइन् । घाँस काट्ने क्रममा बिहीबार बिहान ८ः३० बजेतिर उनी रुखबाट लडेर घाइते भइन् । गम्भीर घाइते अवस्थाकी उनको उपचारका क्रममा शुक्रबार दिउँसो १ः१० बजेतिर विराटनगरको आर्या न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बिहानको भएपनि प्रहरीले भने बेलुका मात्रै जानकारी पाएको थियो । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार