अधिकारीको म्यूजिक भिडियो ‘नर्कको मलामी’ सार्वजनिक (भिडियोसहित)

आइतबार, ०३ मंसिर २०८०
इटहरी/ भोजपुरको अरुण गाउँपालिका ७ निवासी डिल्लीराम अधिकारीले नर्कको मलामी नामक म्यूजिक भिडियो बजारमा ल्याएका छन् । अरुण गाउँपालिका ७ का पूर्व वडाध्यक्षसमेत रहेका अधिकारीले वर्तमान अवस्थामा राजनीतिक दलहरू र गणतन्त्र विरोधीहरूलाई आलोचना गर्दे समसामयिक विषयमा उक्त गीत सार्वजनिक गरेका हुन् । गीतअनुसार अहिलेका प्रमुख दलका नेतृत्वलाई रचनात्मक किसिमबाट आलोचना गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिकाको गोल ढुंगामा छायांकन गरिएको उक्त गीतको रचना एवम स्वर उनै अधिकारीको रहेको छ । गीतमा मनिपाल राईले संगीत दिएका छन् । गीतमा वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नेपाल फर्केर विकासमा जुट्नसमेत आह्वान गरिएको छ । अधिकारीले यसअघि पनि खाडीको लाहुरे नामक म्यूजिक भिडियो सार्वजनिक गरेका थिए । गीतको भिडियो https://youtu.be/Crt1Zs8GuqY?si=CnP_jqRGganbCV97

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार