पूर्वाञ्चल विश्वविद्यालयको डिनमा नियुक्त डा. श्रेष्ठद्वारा पदभार ग्रहण

बुधबार, ०६ मंसिर २०८०
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) व्यवस्थापन संकायको डिनमा नियुक्त भएका डा. सन्देशदास श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन् । व्यवस्थापन संकाय डिनको पदभार ग्रहण गर्दै उनले पूर्वाञ्चल विश्वविद्यालयको शाखलाई बढाउने प्रतिबद्धता जनाए । विश्वविद्यालयको गरिमालाई उच्च बनाउने तथा विश्वविद्यालयको उन्नयनका लागि समयसापेक्ष पाठ्यक्रमको विकास गरिने उनको भनाइ छ । विश्वविद्यालयका सहप्राध्यापक डा. श्रेष्ठ गत शुक्रबार डिनमा नियुक्त भएका हुन् । उनलाई उपकुलपति प्रा.डा. यादवराज कोइरालाले पद तथा गोपनियताको शपथ गराए । नवनियुक्त डा. श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको ७ औं डिन हुन् । उनको कार्यकाल ४ वर्षको रहेको छ । विक्रम संवत २०६१ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापन गराउँदै आएका श्रेष्ठले ‘मार्केटिङ स्ट्रेटेजी प्लानिङ’मा विद्यावारिधि गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार