लागूऔषधसहित विराटनगरबाट दुई जना पक्राउ

बुधबार, ०६ मंसिर २०८०
विराटनगर । विराटनगरबाट लागूऔषधसहित बुधबार दिउँसो दुई जना पुरुष पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१२ का ३४ वर्षीय विजय खतिवडा र सुनसरीको धरान उपमहानगरपालिका–५ का ४१ वर्षीय सारक तामाङलाई पक्राउ गरेको हो । उनीहरु भारतबाट लागूऔषध खरिद गरेर पैदल नै नेपालतर्फ आउँदै थिए । दुवै जना विराटनगर–१६ हुलास चोकबाट दिउँसो २ः४५ बजेतिर पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार शंका लागेपछि नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा खतिवडा र तामाङको साथबाट एभिल, फेनारगन, लुपिजेसिक र डाइजापाम गरी ३०/३० एम्पुल लागूऔषध बरामद भएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जानकारी दाहालले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार