लेटाङमा रुखले किचेर सामुदायिक वनका चौकीदारको मृत्यु

विहीबार, ०७ मंसिर २०८०
लेटाङ । रुखले किचेर मोरङको लेटाङमा सामुदायिक वनका चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ नगरपालिका–९ मा रहेको बाह्रकोठे कोपिला सामुदायिक वनका चौकीदार ४५ वर्षीय इन्द्रबहादुर मगर रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले रुखले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी दिए । सामुदायिक वनले खुलाएको पुर्जी अनुसार काठ काट्नलाई हाडेको रुख ढाल्ने क्रममा मगरलाई सोही रुखले किचेको थियो । उनी हाडेको रुख ढलाएको हेर्न पुगेका थिए । घटना बिहीबार बिहान ९ः३० बजेतिरको हो । विराटनगरकै कोसी अस्पतालमा पोस्टमार्टम गरेर शवलाई दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । घटना कसरी भयो र यसमा कसको कमजोरी छ भनेर प्रहरीले मिहीन ढंगले अनुसन्धान गर्ने डीएसपी दाहालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार