ब्राउन सुगरसहित दुईजना पक्राउ

शुक्रबार, ०८ मंसिर २०८०
विराटनगर । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सुनसरीको दुहबी नगरपालिका–५ बाट दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एइ नम्बरको भारतीय मोटरसाइकलमा गइरहेका दुईजनाबाट ब्राउन सुगर बरामद गरेको हो । शंकास्पद अवस्थामा गइरहेको अवस्थामा जाँच गर्दा मोटरसाइकल चालक भारतको जोगबनीका २७ वर्षीय सोनुकुमार चौधरीले लगाएको हेलमेटभित्र लुकाएको अवस्थामा ७० ग्राम ५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरी र मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक बलबीर रामलाई पक्राउ गरेको हो । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार